Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

ताकुकोटमा न्वागी खाने र मुठी लिने साइत जुर्‍यो, मंसिर ६ गते बिहान ९स्३२ बजे न्वागी खाइने

ताकुकोटमा न्वागी खाने र मुठी लिने साइत जुर्‍यो, मंसिर ६ गते बिहान ९स्३२ बजे न्वागी खाइने

जोईन खबर

२०, कार्तिक २०८३
  • 952
    SHARES
  • ताकुकोटमा न्वागी खाने र मुठी लिने साइत जुर्‍यो, मंसिर ६ गते बिहान ९स्३२ बजे न्वागी खाइने

    १९ कार्तिक गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न.५ र ६, ताकुकोटमा परम्परागत न्वागी पर्वको साइत जुरेको छ। यस वर्ष न्वागी खाने साइत मंसिर ६ गते बिहान ९ बजेर ३२ मिनेटमा र मुठी लिने साइत कात्तिक २६ गते बिहान ७ बजेर ३९ मिनेटमा जुरेको जानकारी गराइएको छ।

    images

    ताकुकोटवासीले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वको अवसरमा नयाँ अन्न भित्र्याउने तथा माई भगवतीको पूजा गर्ने चलन रहिआएको छ। यस पर्वलाई स्थानीयले धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्वका साथ मनाउने गरेका छन्।

    images
    images
    images

    न्वागी खाने साइतअनुसार मंसिर ६ गते बिहान ९: ३२ बजे नयाँ अन्नबाट तयार पारिएको न्वागी खाने परम्परा रहेको छ। त्यसैगरी, कात्तिक २६ गते बिहान ७ : ३९ बजे मुठी लिने साइत जुरेको छ।मुठी लिने भन्नाले किसानले आफ्नो खेतमा फलाएको धानको एक गाँज पूजा गरी काटेर घरमा भित्र्याउने परम्परा हो। मुठी लिएपछि मात्रै खेतको धान काट्ने चलन रहेको छ।

    नयाँ धान कुटेर चामल तयार गरेपछि त्यसमा दही, केरा, तिल, नरिवललगायतका सामग्री मिसाएर खाने गरिन्छ। यसरी नयाँ अन्नबाट तयार पारिएको परिकारलाई ‘न्वागी’ भन्ने चलन छ।ताकुकोटको न्वागी पर्व स्थानीय माई भगवती मन्दिरसँग जोडिएको महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उत्सव हो। पर्वको अवसरमा ताकुकोटसहित आसपासका क्षेत्रका भक्तजन मन्दिरमा भेला भई पूजा गर्ने तथा परम्परागत विधिअनुसार न्वागी खाने गर्दछन्।

    न्वागी पर्वले स्थानीय कृषि संस्कृति, धार्मिक आस्था तथा सामाजिक सद्भावलाई संरक्षण र प्रवर्द्धन गर्दै आएको छ। यस पर्वलाई ताकुकोटवासीले प्रत्येक वर्ष हर्षोल्लासका साथ मनाउने गरेका छन्।माई भगवती मन्दिरको पूजा समितिका अध्यक्ष कृष्णु सुवेदीका अनुसार गोरखा जिल्ला बारपाक सुलिकोट गाउँपालिका वडा नं। ५ र ६, ताकुकोटमा न्वागी खाने साइत २०८३ साल मंसिर ६ गते बिहान ९:३२ बजे र मुठी लिने साइत २०८३ साल कात्तिक २६ गते बिहान ७:३९ बजे जुरेको जानकारी दनिु भयो ।

    प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १६:१७:३४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको