Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

घाँटीको क्यान्सरपीडित कृष्णबहादुर सुनारको उपचारका लागि माईकोट माविद्वारा २८ हजार २० रुपैयाँ सहयोग

घाँटीको क्यान्सरपीडित कृष्णबहादुर सुनारको उपचारका लागि माईकोट माविद्वारा २८ हजार २० रुपैयाँ सहयोग

जोईन खबर

२०, कार्तिक २०८३
  • 1.4K
    SHARES
  • घाँटीको क्यान्सरपीडित कृष्णबहादुर सुनारको उपचारका लागि माईकोट माविद्वारा २८ हजार २० रुपैयाँ सहयोग

    १९ कार्तिक गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट पोखरीगैरा निवासी घाँटीको क्यान्सरबाट पीडित विद्यार्थी कृष्णबहादुर सुनारको उपचारका लागि श्री माईकोट माध्यमिक विद्यालय परिवारले आर्थिक सहयोग गरेको छ।

    images

    विद्यालयमा कक्षा ८ मा अध्ययनरत कृष्णबहादुर सुनारको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले विद्यालयका शिक्षक, विद्यार्थी तथा समग्र विद्यालय परिवारको तर्फबाट २८ हजार २० रुपैयाँ सहयोग गरिएको हो।

    images
    images
    images

    केही महिनादेखि घाँटीको क्यान्सरबाट पीडित सुनारको घरको आर्थिक अवस्था अत्यन्त कमजोर रहेकाले उपचारमा समस्या भइरहेको बताइएको छ। आर्थिक अभावका कारण उपचारमा कठिनाइ नहोस् भन्ने उद्देश्यले सञ्चालन भइरहेको ‘कृष्णबहादुर सुनार बचाऊ अभियान’मा विद्यालय परिवारले सहयोग गरेको हो।

    विद्यालय परिवारबाट संकलित सहयोग रकम बिरामीका संरक्षक तथा उपचारमा सहयोग गर्दै आउनुभएका उहाँका काका घमनबहादुर सुनारको उपस्थितिमा हस्तान्तरण गरिएको जनाइएको छ।विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सदस्यहरूको सहयोगबाट संकलित उक्त रकमले कृष्णबहादुरको उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ।

    उपचारका लागि थप सहयोगको अपिल

    क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका विद्यार्थी सुनारको उपचारका लागि थप आर्थिक सहयोग आवश्यक रहेको परिवारले जनाएको छ।आर्थिक अवस्था कमजोर भएका कारण उपचार खर्च जुटाउन कठिनाइ भइरहेको अवस्थामा सहयोगी व्यक्ति, संघसंस्था, आफन्त तथा देशविदेशमा रहेका नेपालीहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन अपिल गरिएको छ।

    कृष्णबहादुर सुनारको उपचारमा सहयोग पुर्‍याउन विद्यालय परिवारले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै अभियानमा जोडिन सबैलाई अनुरोध गरिएको छ।सानो सहयोगले पनि बिरामीको उपचारमा ठूलो राहत पुग्न सक्ने भएकाले मानवीय सेवाभावका साथ सहयोग गर्न आग्रह गरिएको छ। कृष्णबहादुर सुनार बचाऊ अभियानमा सहभागी भई उहाँको उपचारमा सहयोग गरिदिन सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अनुरोध गरिएको छ।

    प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १६:५९:२३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको