Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

क्यान्सरपीडित कृष्णबहादुर वि.क.को उपचारका लागि समृद्ध ताकु युवा समाजद्वारा ११ हजार १११ रुपैयाँ सहयोग

क्यान्सरपीडित कृष्णबहादुर वि.क.को उपचारका लागि समृद्ध ताकु युवा समाजद्वारा ११ हजार १११ रुपैयाँ सहयोग

जोईन खबर

२०, कार्तिक २०८३
  • 415
    SHARES
  • क्यान्सरपीडित कृष्णबहादुर वि.क.को उपचारका लागि समृद्ध ताकु युवा समाजद्वारा ११ हजार १११ रुपैयाँ सहयोग

    १९ कार्तिक गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिका–६, ताकुकोट ढापेका बोन क्यान्सर तथा ब्लड क्यान्सरबाट पीडित कृष्णबहादुर वि.क.को उपचारका लागि समृद्ध ताकु युवा समाज काठमाडौंले आर्थिक सहयोग गरेको छ।समाजले ‘कृष्णबहादुर बचाउ अभियान’ अन्तर्गत वि.क.को थप उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको हो।

    images

    विगत एक महिनादेखि अस्पतालको शय्यामा उपचाररत कृष्णबहादुरलाई तत्काल बोन म्यारो ट्रान्सप्लान्ट (अस्थिमज्जा प्रत्यारोपण) गर्नुपर्ने भएपछि उपचारका लागि ठूलो रकम आवश्यक परेको छ। आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको अवस्थामा विभिन्न संघसंस्था तथा सहयोगी मनहरूले सहयोग जुटाउँदै आएका छन्।

    images
    images
    images

    बारपाक सुलिकोट गाउँपालिका–५, तामालाबोटमा स्थापना भई हाल काठमाडौंलाई अस्थायी ठेगाना बनाएर सामाजिक सेवामा सक्रिय रहेको समृद्ध ताकु युवा समाजले कृष्णबहादुरको उपचारमा सहयोग पुर्‍याउन उक्त रकम उपलब्ध गराएको हो।समाजले यसअघि पनि गोरखा जिल्ला तथा बारपाक सुलिकोट गाउँपालिकाका विभिन्न बिरामीको उपचारका लागि आर्थिक सहयोग गर्दै आएको छ।

    मानवीय सेवामा समृद्ध ताकु युवा समाज

    समाजका अध्यक्ष राजेन्द्र रायमाझीले मानव जीवन अमूल्य भएकाले बिरामीको जीवनरक्षाका लागि संस्थाले विगतदेखि नै विभिन्न अभियान सञ्चालन गरी आर्थिक सहयोग गर्दै आएको बताए। कृष्णबहादुर वि.क.को उपचारमा पनि केही राहत पुगोस् भन्ने उद्देश्यले संस्थाले सहयोग गरेको अध्यक्ष रायमाझीको भनाइ छ।‘मानवको अमूल्य जीवनलाई ध्यानमा राख्दै हाम्रो संस्थाले विगतका दिनमा पनि धेरै बिरामीको जीवनरक्षाका निम्ति अभियान सञ्चालन गरी आर्थिक सहयोग गर्दै आएको छ। अहिले कृष्ण विकको उपचारमा थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले यो सानो सहयोग गरेका हौँ,’ अध्यक्ष रायमाझीले भने।

    उनले सबैले आफ्नो ठाउँबाट सक्दो सहयोग गरी कृष्णबहादुरको उपचारमा सहजता ल्याउन आग्रहसमेत गरेका छन्। यसरी नै सबैले आफ्नो ठाउँबाट सकेको सहयोग गरी कृष्ण भाइको उपचारमा सहजता होस् भन्ने आशा राख्दै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ,’ अध्यक्ष रायमाझीले भने।

    उपचारका लागि सहयोगको अपिल

    बोन क्यान्सर तथा ब्लड क्यान्सरबाट पीडित कृष्णबहादुरको थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने भएपछि परिवार तथा शुभेच्छुकहरूले ‘कृष्णबहादुर बचाउ अभियान’ सञ्चालन गरिरहेका छन्।आर्थिक अभावका कारण उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले विभिन्न संघसंस्था, आफन्त, शुभचिन्तक तथा सहयोगी मनहरूलाई अभियानमा सहभागी भई सक्दो आर्थिक सहयोग गर्न आग्रह गरिएको छ।

    समृद्ध ताकु युवा समाजले गरेको सहयोगले कृष्णबहादुरको उपचारमा केही राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, समाजले मानवीय सेवामा हातेमालो गर्दै बिरामीको जीवनरक्षाका लागि सबैलाई सक्दो सहयोग गर्न अपिल गरेको छ।क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गरिरहेका कृष्णबहादुरको उपचारमा सहयोग जुटाउन सहयोगी हातहरूको आवश्यकता रहेको अभियानमा संलग्नहरूले बताएका छन्।

    प्रकाशित मिति :कार्तिक २०, २०८३ बिहिवार - १७:१८:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको